मङ्लबार, फाल्गुन ६, २०८१
Tuesday, February 18, 2025
Home Featured News म्याग्दीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

म्याग्दीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

by sambridhaonline

माघ १३,पोखरा – म्याग्दीको बेनी नगरपालिका ६, चुत्रेनीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । अर्का १ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मङ्गला गाउँपालिका ३ का ४६ वर्षीय थम बहादुर रोका रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

शनिबार साँझ बेनीबाट सिंगातातोपानी तर्फ जाँदै गरेको ग १ क ५७३५ नम्बरको टिपरले सिंगातातोपानीबाट बेनी तर्फ आउँदै गरेको ध ७ प ४००५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

सोही दुर्घटनामा मोटरसाइकल पछाडि सवार बेनी न.पा.७ मंगलघाट बस्ने वर्ष.४५ का प्रेम शाही गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनाका दुवै घाइतेलाई तत्काल उद्धार गरी बेनी अस्पताल म्याग्दीमा सामान्य उपचार पश्चात् चालक रोकालाई थप उपचारको लागि पोखरा मेडिकल कलेजमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते शाहीलाई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।

टिपर चालक बेनी नगरपालिका ५ पुलाचौर बस्ने वर्ष ३८ को खिमे दर्जीलार्ई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर दुर्घटना सम्बन्धमा थप अनुसन्धान गरेको प्रहरीले जनाएको छ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
पोखरा–१७, ड्यामसाईड ।

प्रवन्ध निर्देशकः

वि.पी. प्रसाई

व्यवस्थापकद्वयः

लक्ष्मी कुमारी मेधासी प्रसाई,
सावित्री खत्री क्षेत्री लामिछाने

कार्यकारी सम्पादकः

उत्तम प्रसाद अधिकारी

सम्पादकः

रविन कार्की  

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline