आइतवार, चैत्र २, २०८१
Sunday, March 16, 2025
Home Featured News गण्डकीका १ लाख ५ हजार ४७९ जनालाई एचपीभी खोप लगाइने, ढुक्क भएर खोप लगाउन आग्रह

गण्डकीका १ लाख ५ हजार ४७९ जनालाई एचपीभी खोप लगाइने, ढुक्क भएर खोप लगाउन आग्रह

by sambridhaonline

माघ १८, पोखरा – पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको गण्डकी प्रदेशमा आवस्यक तयारी पुरा भएको छ । यही माघ २२ गते विश्व क्यान्सर दिवसको दिनदेखि फागुन ६ गतेसम्म देशैभरि यो खोप अभियान सञ्चालन हुदैछ ।
प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार प्रदेशस्तरीय खोप समितिका पदाधिकारीका लागि अभिमुखीकरण तथा पत्रकार एवं संचारकर्मीबीच अन्तरक्रिया गर्दै खोप पूर्णरुपमा सुरक्षित रहेको जनाएको छ । साथै निशुल्क उपलब्ध हुने र जीवन रक्षा गर्ने भएकाले १० देखि १४ वर्षसम्म उमेरसमुहका सबै किशोरीलाई खोप लगाउन निर्देशनालयले अनुरोध गरेको छ ।

गण्डकी प्रदेशका १ लाख ५ हजार ४ सय ७९ जनलाई खोप दिन लागिएको निर्देशनालयले जनाएको छ । यो संख्या ६ देखि १० कक्षासम्म अध्ययनरत छात्राहरु र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरसमुहका किशोरीहरुको हो । खोपका लागि विद्यालय र अन्य स्थानमा गरी २ हजार ५ सय ४ खोप केन्द्र तोकिएको निर्देशनालयका खोप अधिकृत एकनारायण लम्सालले बताए । पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रूपमा नरहने अवस्थामा पुर्याउन सरकारले सन् २०३० सम्म तीन वटा लक्ष्य निर्धारण गरेको छ । जसअनुसार १० देखि १४ वर्षसम्म उमेरका किशोरीहरूलाई एचपीभी खोप दिने, ३० देखि ४९ वर्ष उमेरका महिलाको पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ) गर्ने र पाठेघरको मुखको क्यान्सर भएका महिलाको उपचार गरिने लक्ष्यमा छन् ।

पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्यूमन प्यापिलोमा भाइरसबाट संक्रमण हुनु हो । यसलाई छोटकरीमा एच. पी.भी. भनिएको हो । याे भाइरसबाट संक्रमित व्यक्तिसंग यौन सम्पर्कका माध्ययमबाट यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । भाइरसबाट पटक पटक संक्रमण भएर २० वर्षसम्म यो संक्रमण रह्यो भने पाठेघरको मुखको क्यान्सर हुनसक्छ । संक्रमण भएको शुरुको अवस्थामा कुनै लक्षण र चिन्हहरू देखिदैनन् । तर पाठेघरको मुखको क्यान्सर भएमा यौन सम्पर्कपछि योनीबाट रगत आउने, तल्लो पेट दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने, योनीबाट अनियमित रूपमा रगत बग्ने, धेरै रगत बग्ने, रक्तअल्पता हुने, कमजोर महसुस हुने लक्षणहरु देखिने लम्सालले बताए ।

नेपालमा वर्षेनी २,१६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने र उनीहरुमध्ये वर्षमा १,३१३ जना अर्थात दैनिक ४ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने अनुमान गरिएको छ । महिलामा हुने क्यान्सर मध्ये यो दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुने यो पहिलो मुख्य कारण रहेको छ । त्यसलै यसको निवारणका लागि नेपाल सरकारले अभियान थालेको हो । खोप सेवा उपलब्ध गराउने, स्क्रिनिङ र उपचार सेवाको कभरेजमा कम्तीमा ९० प्रतिशत सफलता हासिल गर्ने लक्ष्य सरकारको छ । यसपटक अभियानको रुपमा रहेको खोप सेवालाई आगमी वर्षदेखि नियमित खोप सेवामार्फत सुचारु हुनेछ । एचपीभी खोपको एक मात्रा ० दशवलव ५ मि.लि. रहेको र यो सुईको माध्यमबाट बायाँ पाखुराको माथिल्लो बीच बाहिरी भागमा मासुभित्र दिइन्छ । पछिल्लो अध्ययन अनुसार यो खोप एक मात्रा लगाएपछि यसको पूर्णमात्रा हुन्छ । राष्ट्रिय खोप सल्लाहकार समितिको गत असोज २३ को सिफारिस र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कात्तिक ८ को निर्णयअनुसार यो खोप एक मात्रा लगाउने खोप तालिका निश्चित गरिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
पोखरा–१७, ड्यामसाईड ।

प्रवन्ध निर्देशकः

वि.पी. प्रसाई

व्यवस्थापकद्वयः

लक्ष्मी कुमारी मेधासी प्रसाई,
सावित्री खत्री क्षेत्री लामिछाने

कार्यकारी सम्पादकः

उत्तम प्रसाद अधिकारी

सम्पादकः

रविन कार्की  

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline