मङ्लबार, फाल्गुन ६, २०८१
Tuesday, February 18, 2025
Home Featured News गोरखाको एक पसलमा आगलागी, सामान जलेर नष्ट

गोरखाको एक पसलमा आगलागी, सामान जलेर नष्ट

by sambridhaonline

माघ १८,पोखरा – गोरखामा एक पसलमा आगलागी हुँदा सामान जलेर नष्ट भएको छ । गोरखा नगरपालिका– १० छेपेटारको तारामाबिस्थित रामशरण पोखरेलको जस्ताले छाएको पसलभित्र आगो लाग्दा सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

शुक्रबार बिहान ३ बजेको समयमा होटेल तथा फेन्सी पसलको चाबी फुटाएर भित्रको लत्ताकपडा, भाडाकुडा, फ्रिज टेबुलकुर्चीसहित पूरै पसलमा कसैले आगो लगाइदिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

घटनाको जानकारी पाएलगत्तै बाह्रकिलो प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेपछि स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगोलागीबाट मानविय क्षति नभएको प्रहरीको भनाइ छ ।

अहिले प्रहरीले घटनास्थलमा वडाका जनप्रतिनिधि र स्थानिको रोहबरमा क्षतिको मुचुल्का तयार पार्नुका साथै घटनबारे थप अनुसन्धान भइरहेको प्रहरी ले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
पोखरा–१७, ड्यामसाईड ।

प्रवन्ध निर्देशकः

वि.पी. प्रसाई

व्यवस्थापकद्वयः

लक्ष्मी कुमारी मेधासी प्रसाई,
सावित्री खत्री क्षेत्री लामिछाने

कार्यकारी सम्पादकः

उत्तम प्रसाद अधिकारी

सम्पादकः

रविन कार्की  

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline