माघ १९,पोखरा – अछामको ढकारी गाउँपालिका–१ का १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको प्रहरीले पुष्टि गरेको छ । घटना प्रेम प्रस्ताव अस्वीकार गर्दा घटेको प्रहरीको निष्कर्ष छ ।
घटनाबारे अछाम प्रहरीले शनिबार बिहान पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । १७ र १५ वर्षका दुई जना किशोरले हत्या गरेको खुलेको हो । उनीहरूले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । उनीहरूलाई ज्यान मार्ने कसुरमा जिल्ला अदालत अछामबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय अछाम प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआई) बी, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले गरेको अनुसन्धानका क्रममा दुई जना किशोरीको हत्या भएको खुलेको हो ।
अघिल्लो शुक्रबार बाख्रा चराउन गएका दुई जना किशोरी अर्को दिन शनिबार शरीरमा ढुङ्गाले थिचेको अवस्थामा मृत फेला परेका थिए ।