सोमवार, अशोज ५, २०८३
Monday, September 21, 2026
Home Featured News तनहुँमा ग्याँस बुलेट दुर्घटना हुँदा चालकको मृत्यु

तनहुँमा ग्याँस बुलेट दुर्घटना हुँदा चालकको मृत्यु

by sambridhaonline

माघ २०,पोखरा- तनहुँको व्यास नगरपालिका –१२ कमलबारीमा ग्याँस बुलेट दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

शनिबार साँझ ६ः४० बजेतिर पृथ्वी राजमार्गबाट मुग्लिन हुँदै दमौलीतर्फ आउने क्रममा भारतीय नम्बर एचआर ५५ क्यू ४७११ नम्बरको ट्यांकर घुमाउरो सडकमा दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा चालक भारतको बिहारको मिर्जापुरका ३५ वर्षीय श्रीकान्त कुमार गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएकोमा साढे ८ बजे चिकित्सकहरुले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ । शवलाई सोही अस्पतालको शव गृहमा राखिएको छ ।

प्रहरीका अनुसार बुलेटमा चालक मात्र थिए । घटनाबारे भारतीय राजदूतावासमार्फत आफन्तलाई खबर गरिसकिइएको छ । आफन्त आएपछि मात्र उनको पोस्टमार्टम हुने प्रहरीको भनाइ छ ।

उक्त बुलेटले शक्ति ग्याँस कम्पनीको ग्याँस बोकेको थियो । ग्याँसले भरिएको बुलेट पल्टिँदा ठूलो दुर्घटना हुन सक्ने जोखिम रहे पनि त्यसबाट भने जोगिएको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline