माघ २०,पोखरा- नेपाली काँग्रेस प्रदेश सभा ख क्षेत्रीय सम्मेलन पैयुँ गाउँपालिकाको हुवासस्थित हातेमालोचोकमा हुने भएको छ ।यहि माघ २२ गते मंगलबार हुने प्रथम सम्मेलनलाई नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सम्बोधन गर्नु हुने भएको छ । नेपाली काँग्रेस प्रदेश सभा ख का सभापति तथा विहादी गाउँपालिकाका अध्यक्ष परवीन गुरुङले सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको बताउनुभयो । मञ्च तथा प्रतिनिधि व्यवस्थापन, आर्थिक व्यवस्थापन, स्वागत सत्कार लगायत सवैजसो तयारी पुरा भएको गुरुङले बताउनुभयो । उहाँका अनुसार सम्मलनमा क्षेत्र.ख अन्तर्गत रहेका चार पालिकाका तीसवटा वडाबाठ पाँच सय ५४ जना प्रतिनिधिको सहभागिता रहने भएको छ भने पाँच हजार भन्दा बढि नेता कार्यकर्ताहरुको सम्मेलनमा सहभागिता रहने जानकरी दिनुभयो । सम्मेलनलाई बैचारिक रुपमा संचालन गरिने भएको छ ।
सम्मेलनमा महामन्त्री थापासँगै केन्द्रीय सदस्यहरु अर्जुनप्रसाद जोशी , गोबिन्दबहादुर शाह, नैनसिंह महर, विद्धान गुरुङ लगायतले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।सभापति गुरुङले सम्मेलनमा उपस्थितिका लागि सबै नेता कार्यकर्ताहरुलाई उपस्थितिका लागि अनुरोध गर्नुभएको छ । कार्यक्रम विहान ११ बजेदेखि शुरु हुने उहाँले बताउनुभयो । यस अघिनै बसेको क्षेत्रीय समितिको बैठकले सम्मेलन सफल पार्नका लागि विभिन्न उपसमिति गठन गरेको उहाँले बताउनुभयो । बैठकले फलेबास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारीको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ । आर्थिक समितिमा तिवारी लगायत सवै पालिकाका पार्टी सभापति रहनुभएको छ । त्यसैगरी पैयुँका सभापति डम्बरकुमार प्रधानको संयोजकत्वमा मञ्च ब्यवस्थापन समिति गठन गरिएको छ । अतिथि सत्कारतर्फ जानकी प्रधानको संयोजकत्वमा, युवराज भुसालको संयोजकत्वमा प्रचारप्रसार समिति गठन भएको थियो । स्वागत समिति सभापति परविन गुरुङको संयोजकत्व बनेको छ भने सुरक्षा समितिको जिम्मा नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघलाई दिइएको छ । सवै उपसमितिहरुले आ–आफ्नो तयारी ब्यापक मात्रामा गरेका छन् ।
सांस्कृतिक प्रस्तुती तथ झांकीका लागि बिमलराज क्षेत्री, युवराज भुसाल तथा नेपाली काँग्रेस पैयुँलाई जिम्मा दिइएको छ । सम्मेलनका तयारीका सम्वन्धमा आइतवार हुवासमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो । पत्रकार सम्मेलनमा आर्थिक समिति संयोजक गंगाधर तिवारीले क्षेत्रीय सम्मेलनलाई सफल पार्नु सवैको दायित्व भएको बताउँदै यसलाई आर्थिक हिसावले भन्दा पनि बैचारिक हिसावले महत्व दिएको बताउनुभयो । नेपाली काँग्रेसको बिचार, पछिल्ला नीति तथा सरकारका काम र समसामयिक विषयमा नेता कार्यकर्ताहरुलाई जानकारी गराउनका लागि सममेलन फलदायी हुने उहाँको विश्वास छ >पत्रकार सम्मेलनमा पैंयूका सभापति डम्वर प्रधान, महाशिलाका सभापति उज्ज्वल गुरुङ, विहादीका सभापति विष्णु भुसाल लगायतले सम्मेलनको तयारीवारे जानकारी गराउनुभएको थियो ।पत्रकार सम्मेलनको संचालन क्षेत्रीय सचिब छविलाल तिवारीले गर्नुभएको थियो ।