बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News एपीएफलाई हराउँदै आयाेजक टाेलीले जित्याे टाइगर कप भलिबलकाे महिलातर्फकाे उपाधि

एपीएफलाई हराउँदै आयाेजक टाेलीले जित्याे टाइगर कप भलिबलकाे महिलातर्फकाे उपाधि

by sambridhaonline

माघ २०,पोखरा- सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै आयोजक टाइगर ग्रुप अफ पोखराले टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल क्लब च्याम्पियनशिपको महिलातर्फ उपाधि जितेको छ ।

पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज भएको फाइनलमा टाइगर ग्रुपले एपीएफलाई ३–२ को सेटमा हरायो । टाइगर ग्रुपले दोस्रो सेट २९–२७, चौथो सेट २५–१६ र पाँचौं सेट १५–१३ ले जित्यो । एपीएफले पहिलो सेट २५–१७ र तेस्रो सेट २५–२१ ले जित्यो ।

टाइगर ग्रुप अफ पोखराले उपाधिसँगै पाँच लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ र उपविजेता बनेको एपीएफले दुई लाख ८५ हजार पाँच सय ५५ प्राप्त गरेको छ ।

यस्तै टाइगर कप भलिबलको पुरुषतर्फ अहिले केहीबेरमा नेपाल पुलिस क्लब र गण्डकी प्रदेश खेल्दैछन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline