मङ्लबार, फाल्गुन ६, २०८१
Tuesday, February 18, 2025
Home Featured News तनहुँमा टिपरले ठक्कर दिँदा आमाको मृत्यु, छोरा घाइते

तनहुँमा टिपरले ठक्कर दिँदा आमाको मृत्यु, छोरा घाइते

by sambridhaonline

माघ २१,पोखरा – तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

खैरेनीटारबाट दमौलीतर्फ आउँदै गरेको ग १ क ५८९६ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्र.३ ०१–०२२ च ६७७८ नम्बरको कार र ग १८ प ७७५२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट स्कुटरमा सवार पोखरा महानगरपालिका–३२ कास्कीकी ४१ वर्षीया अप्सरा क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते क्षेत्रीको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचारका लागि लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए । दुर्घटनामा स्कुटर चालक २१ वर्षीय दीपेश क्षेत्री सामान्य घाइते छन् । उनी मृतकका छोरा हुन् ।

यसैगरी टिपरको ठक्करबाट कार चालक पनि घाइते भएका छन् । कार चालक शुक्लागण्डकी नगरपालिका–११ साँखेका ३१ वर्षीय महेश पौडेलको दायाँ हातमा सामान्य चोट लागेको छ । प्रहरीका अनुसार उनलाई उपचारपछि डिस्चार्ज गरिएको छ ।

टिपर चालक धादिङको निलकण्ठ नगरपालिका २ भुलभुलेका ४० वर्षीय प्रकाश गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
पोखरा–१७, ड्यामसाईड ।

प्रवन्ध निर्देशकः

वि.पी. प्रसाई

व्यवस्थापकद्वयः

लक्ष्मी कुमारी मेधासी प्रसाई,
सावित्री खत्री क्षेत्री लामिछाने

कार्यकारी सम्पादकः

उत्तम प्रसाद अधिकारी

सम्पादकः

रविन कार्की  

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline