बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित, आजैदेखि बयानको तयारी

रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित, आजैदेखि बयानको तयारी

by sambridhaonline

माघ २३,पोखरा – सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित भएका छन् ।

सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिनाबारे मुद्दा दर्ता भएपछि लामिछाने आज अदालतमा उपस्थित भएका हुन् । उनीसँग आजैदेखि बयानको तयारी छ ।

बयान सकिएपछि थुनछेक बहस शुरू हुने छ । त्यसपछि न्यायाधीशले उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने निर्णय गर्नेछन् ।

हिजो लामिछानेसहित १५ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको हो । योसहित सहारा सहकारी ठगीमा अभियुक्तको सङ्ख्या ३२ पुगेको छ ।

यसअघि प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा असोज ८ गते सरकारी वकिलको कार्यालयले लामिछानेलगायतलाई छुटाएर १७ जनाविरुद्ध मात्र मुद्दा दायर गरेको थियो ।

त्यस क्रममा सरकारी वकिलको कार्यालयले ‘सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको’ भन्दै पूरक अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

प्रहरीको पूरक अनुसन्धान प्रतिवेदनका आधारमा हिजो लामिछानेसहित थप १५ जनाविरुद्ध मुद्दा दायर भएको हो । चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने सहकारी प्रकरणपछि निलम्बित छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline