मङ्लबार, फाल्गुन ६, २०८१
Tuesday, February 18, 2025
Home Featured News आयोजक सहारालाई हराउँदै पुलिस पोखरा गोल्डकपको क्वाटरफाइनलमा

आयोजक सहारालाई हराउँदै पुलिस पोखरा गोल्डकपको क्वाटरफाइनलमा

आजदेखि शुरू भएको प्रतियोगितामा आउँदो फागुन ३ गते सम्म

by sambridhaonline

माघ २२,पोखरा – आयोजक सहारा फुटबल क्लबलाई हराउँदै नेपाल पुलिस क्लब २४औं संस्करणको पोखरा गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ ।

पोखरा रङ्गशालामा आज भएको पहिलो प्रि–क्वाटरफाइनल खेलमा पुलिसले सहारा क्लबलाई १–० गोलले हरायो । पुलिसका उज्ज्वल राईले गोल गरे । अब पुलिसले क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब यूकेसँग आउँदो शनिवार खेल्नेछ ।

प्रतियोगिताको दोस्रो प्रि–क्वाटरफाइनलमा खेलमा भोलि सशस्त्र प्रहरीको बलको एपीएफ क्लब र मच्छिन्द्र क्लब खेल्दैछन् । आजदेखि शुरू भएको प्रतियोगितामा ३ वटा विदेशीसहित १० वटा टोली रहेका छन् । मनाङ मर्स्याङ्दी क्लब भने यस पटक सहभागी भएको छैन ।

फाइनल खेल आउँदो फागुन ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
पोखरा–१७, ड्यामसाईड ।

प्रवन्ध निर्देशकः

वि.पी. प्रसाई

व्यवस्थापकद्वयः

लक्ष्मी कुमारी मेधासी प्रसाई,
सावित्री खत्री क्षेत्री लामिछाने

कार्यकारी सम्पादकः

उत्तम प्रसाद अधिकारी

सम्पादकः

रविन कार्की  

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline