बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News गोरखामा वृद्धभत्ता बुझेर फर्किँदै गर्दा भीरबाट लडेर एक वृद्धको मृत्यु

गोरखामा वृद्धभत्ता बुझेर फर्किँदै गर्दा भीरबाट लडेर एक वृद्धको मृत्यु

by sambridhaonline

माघ २३,पोखरा – गोरखामा वृद्धाभत्ता बुझेर फर्कने बेला भिरबाट लडेर एक वृद्धको मुत्यु भएको छ। जिल्लाको भीमसेन थापा गाउँपालिका–४ काशीखोलाका ७५ वर्षीय चुडामणी काप्रीको भिरबाट लडेर मृत्यु भएको हो।

वृद्धाभत्ता बुझ्न निस्किएका काप्री घर नफर्किएपछि खोजी गर्दा भिरबाट लडेर मृत्यु भएको अवस्था आज बिहान करिब ७ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रहरीका अनुसार ध्याम्पेसालस्थित बैंकमा वृद्धभत्ता बुझेर फर्कने क्रममा उनको वडा नम्बर–२ स्थित सेतो पहरो भन्ने ठाउँमा भीरबाट खसेर मृत्यु भएको हो। काप्रीको शव बाटोदेखि झण्डै दुई सय ५० मिटर तल खसेको अवस्था भेटिएको थियो।

घटनास्थलमा पुगेर प्रहरीको टोलीले शवको मुचुल्का बनाएर अन्त्येष्टिका लागि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline