शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026
Home Featured News जीएमसी र मणिपालका आवासीय चिकित्सकहरूले बुझाए कास्की प्रशासनमा ज्ञापनपत्र

जीएमसी र मणिपालका आवासीय चिकित्सकहरूले बुझाए कास्की प्रशासनमा ज्ञापनपत्र

by sambridhaonline

माघ २३,पोखरा – पारिश्रमिक र ड्यूटि समयको विषयलाई लिएर देशभरजस्तै पोखरास्थित गण्डकी मेडिकल कलेज (जीएमसी) र नेपाल मणिपाल शिक्षण अस्पतालका आवासीय चिकित्सकहरू आन्दोलित बनेका छन् । निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई दिने पारिश्रमिक निकै न्युन भएको तर काम गर्ने समय भने निकै धेरै भएको गुनासोसहित आवासीय चिकित्सक एवं ईन्टर्न संघर्ष समिति पोखराले जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरुले आज ईमरर्जेन्सीबाहेकका सेवासमेत ठप्प पारेका छन् । सरकारी आवासीय चिकित्सक सरह पारिश्रमिक पाउनुपर्ने र बैज्ञानिक ड्यूटि रोष्टर लागु हुनुपर्ने तथा सरकारी निर्णयहरु तत्काल कार्यन्वयन हुनुपर्ने माग राखेका छन् ।

ज्ञापनपत्रमा पूर्वसहमति र चिकित्सा शिक्षा आयोगले यसअघि नै गरेको निर्देशनअनुसार सरकारी मेडिकल कलेजका आवासीय चिकित्सकसरह पारिश्रमिक दिनुपर्ने माग उनीहरूको छ । निजी मेडिकल कलेजमा पनि सरकारीसरह ४८ हजारको सुनिश्चिता नभएसम्म आन्दोलन जारी रहने आवासीय चिकित्सक एवं ईन्टर्न संघर्ष समिति पोखराले जनाएको छ ।

कालोपट्टि बाँधेर ज्ञापनपत्र बुझाउन भेला भएका आवासीय चिकित्सकहरुले पोखराको पृथ्वीचोकबाट र्‍याली निकालेर जिल्ला पशासन कार्यलय कास्की पुगेका थिए । उनीहरुले शहिदचोकमा केहिबेर धर्ना समेत दिएका थिए ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline