बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतको आदेश

रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतको आदेश

by sambridhaonline

माघ २४,पोखरा – जिल्ला अदालत चितवनले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिनाबारे मुद्दा दर्ता भएपछि लामिछाने हिजो अदालतमा उपस्थित भएका थिए । हिजो थुनछेकको बहस नसकिएपछि रवि प्रहरी हिरासतमा बसेका थिए ।

सहारा चितवन सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा लामिछानेसहित १५ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ । सहारा सहकारी ठगीमा अभियुक्तको सङ्ख्या ३२ जना पुगेको छ ।

रवि लामिछाने यसअघि कास्कीबाट ६५ लाख, काठमाण्डाैबाट ६० लाख र सुप्रिम सहकारी ठगीमा रुपन्देही अदालतबाट १ करोड रुपैयाँ धरौटीमा छुटेका थिए ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline