198
माघ २९,पोखरा – आगोले जलेर दाङमा एक जना महिलाको ज्यान गएको छ । घरमै चुलोमा खाना पकाउने क्रममा कपडाबाट आगो सल्किएर शरीरमा गम्भीर जलन भएकी तुलसीपुर उपमहानगरपालिका–१९ सक्रामकी ६४ वर्षीया ईश्वरी वलीको ज्यान गएको हो ।
वलीको उपचारका क्रममा आज तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।