बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News पाेखरा भ्रमण वर्षकाे उद्घाटनमा बेलुन पड्किँदा अर्थमन्त्री पाैडेल र पाेखराका मेयर घाइते,उपचार शुरू, अवस्था खतरामुक्त

पाेखरा भ्रमण वर्षकाे उद्घाटनमा बेलुन पड्किँदा अर्थमन्त्री पाैडेल र पाेखराका मेयर घाइते,उपचार शुरू, अवस्था खतरामुक्त

by sambridhaonline

फाल्गुन ०३,पोखरा – पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा आगो सल्केर बेलुन पड्किँदा घाइते भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई कीर्तिपुर अस्पताल भर्ना गरिएको छ ।

पोखरा सभागृहमा दिउँसो रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको झिल्कोले समातेको थियो । आगोको झिल्कोले समात्नेबित्तिकै अर्थमन्त्री पौडेल र मेयर आचार्यको हातमा रहेका दुवै बेलुन पड्किएका थिए । त्यसबाट निस्केको आगोको ज्वालाले जलेर अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते हुनुभएको हो ।

पौडेललाई उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकले उहाँलाई थप उपचारका लागि काठमाण्डाै रिफर गरेका हुन् । मन्त्री पौडेलको दुवै हात, अनुहार र घाँटी आसपासमा जलेको छ । त्यस्तै मेयर आचार्यलाई उपचारका लागि फिस्टेल अस्पताल लगिएको थियो । प्राथमिक उपचारपछि उहाँलाई काठमाण्डाै रिफर गरिएको हो । उहाँको अनुहार र गाला जलेको छ ।

पोखरामा उपचार हुन नसकेपछि दुवै जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाण्डाै लगिएको हो । दुवैको कीर्तिपुरमा रहेकाे बर्न अस्पतालमा उपचार भइरहेको छ ।

पोखरामा २० लाख जना पर्यटक भित्र्याउने लक्ष्यसहित आज ‘पोखरा भ्रमण वर्ष–सन् २०२५’ को घोषणा गरिएको हो । गण्डकी प्रदेशको राजधानी पोखरालाई गएको वर्ष चैतमा ‘पर्यटनको राजधानी’ घोषणा गरिएको थियो । भ्रमण वर्षको अवधिभर क्रियाशील रहने गरी महानगरका मेयर आचार्यको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline