बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News नवलपुरमा ट्रिपरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

नवलपुरमा ट्रिपरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

by sambridhaonline

फ़ल्गुन नवलपुरको कावासोती–८ मा पर्ने खरकट्टा जङ्गलमा रोकी राखेको ट्रिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक देवचुली–१६ नयाँ बजराका २९ वर्षीय केशव महतोको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार शनिबार राति ९ः१५ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.३८.प १२७५ नम्बरको मोटरसाइकल सडकमा बिग्रेर रोकी राखेको लु २ ख ४१६६ नं. को ट्रिपरमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा चालक महतोलाई उपचारका लागि मध्य विन्दु प्रादेशिक अस्पताल पुर्याएको थियो । अस्पताल पुग्न साथ उनलाई चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । ०४,पोखरा –

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline