बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News दिल्लीको रेलवे स्टेशनमा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या १८ पुग्यो

दिल्लीको रेलवे स्टेशनमा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या १८ पुग्यो

by sambridhaonline

फाल्गुन ०४,पोखरा- भारतको राजधानी नयाँ दिल्लीको रेलवे स्टेशनमा भएको भागदौडको घटनापछि भारत सरकारले मृतकका परिवार र घाइतेहरूलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ । रेलवेले गरेको क्षतिपूर्ति घोषणा अनुसार मृतकका परिवारलाई जनही १० लाख र घाइतेको उपचारका लागि साढे दुई लाख भारु दिइनेछ ।

गएराति भएको घटनामा अहिलेसम्म १८ जनाको ज्यान गएको पुष्टि भएको लोक नायक अस्पताललाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेहरूको लोकनायक अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुरेश कुमारका अनुसार यतिबेला अस्पतालमा १२ जनाको उपचार भइरहेको छ । सबैजना खतरामुक्त रहेको अस्पतालले जनाएको छ । भारतको प्रयागराजमा चलिरहेको कुम्भमेलामा जानेहरुका कारण रेलवे स्टेशन भित्र र बाहिर खचाखच भरिएको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline