आइतवार, चैत्र २, २०८१
Sunday, March 16, 2025
Home Featured News माघ महिनामा गाडी दुर्घटनामा १ सय ९९ जनाको ज्यान गयो

माघ महिनामा गाडी दुर्घटनामा १ सय ९९ जनाको ज्यान गयो

by sambridhaonline

फाल्गुन ०५,पोखरा – माघ महिनामा गाडी दुर्घटनामा परेर एक सय ९९ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चार हजार ५ सय ३५ वटा गाडी दुर्घटना हुँदा एक सय ९९ जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा एक सय ४७ पुरुष, ३९ महिला, ११ बालक र २ बालिका छन् । माघमा गाडी दुर्घटनामा ५ सय ६० जना गम्भीर घाइते भएका छन् । यस्तै ३ हजार ३ सय ५१ जना सामान्य घाइते भएका प्रहरीको तथ्याङ्क छ ।

माघ महिनामा सबैभन्दा धेरै २ हजार ४ सय ७४ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै जीप, कार र माइक्रोबस गरी ९ सय ६२, बस २ सय ५१, टेम्पो २ सय ३५ वटा दुर्घटनामा परेका छन् । २ सय ७३ वटा ट्रक, ट्याङ्कर, टिपर दुर्घटनामा परेको प्रहरीको तथ्याङ्क छ ।

सबैभन्दा धेरै गाडी दुर्घटना दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म भएका छन् । यस्तै बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म पनि धेरै दुर्घटना भएका छन् । राति १२ बजेदेखि बिहान ६ बजेसम्म काम दुर्घटना भएका प्रहरीको तथ्याङ्क छ ।

गाडी दुर्घटनाका मुख्य कारणमा तीव्र गति, चालकले ध्यान नदिनु, जाँड–रक्सी खाएर चलाउनु, चालक अनुमतिपत्र नभएकाले चलाउनु, यात्रुले बाटो पार गर्दा लगायत ट्राफिक नियम उल्लङ्घन रहेका प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले माघ महिनामा १ लाख १८ हजार ९ सय ८१ जना चालकलाई कारबाही गरेर ९ करोड ५९ लाख रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन गरेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
पोखरा–१७, ड्यामसाईड ।

प्रवन्ध निर्देशकः

वि.पी. प्रसाई

व्यवस्थापकद्वयः

लक्ष्मी कुमारी मेधासी प्रसाई,
सावित्री खत्री क्षेत्री लामिछाने

कार्यकारी सम्पादकः

उत्तम प्रसाद अधिकारी

सम्पादकः

रविन कार्की  

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline