आइतवार, चैत्र २, २०८१
Sunday, March 16, 2025
Home Featured News आईपीएल २०२५ को खेल तालिका सार्वजनिक : पहिलो खेलमा कोलकाता र बेंगलुरु खेल्ने

आईपीएल २०२५ को खेल तालिका सार्वजनिक : पहिलो खेलमा कोलकाता र बेंगलुरु खेल्ने

by sambridhaonline

फाल्गुन ०६,पोखरा – आउँदो महिना शुरू हुने १८औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

मार्च २२ देखि शुरू हुने आईपीएलका लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले खेल तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार पहिलो खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरु खेल्ने छन् । पहिलो खेल कोलकातामै हुनेछ ।

त्यसैगरी दोस्रो खेल मार्च २३ को दिउँसो सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सको बीचमा हुनेछ भने त्यही दिन बेलुका मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स खेल्ने छन् ।

त्यस्तै मार्च २४ मा दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स तथा मार्च २५ मा पञ्जाब किङ्स र गुजरात टाइटन्सले आ–आफ्नो पहिलो खेल खेल्ने छन् ।

फाइनल खेल मे २५ मा कोलकाताको इडेन गार्डेन्समा हुनेछ । गएको संस्करणको फाइनलमा सनराइजर्स हैदराबादलाई हराउँदै कोलकाताले तेस्रोपटक उपाधि जितेको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
पोखरा–१७, ड्यामसाईड ।

प्रवन्ध निर्देशकः

वि.पी. प्रसाई

व्यवस्थापकद्वयः

लक्ष्मी कुमारी मेधासी प्रसाई,
सावित्री खत्री क्षेत्री लामिछाने

कार्यकारी सम्पादकः

उत्तम प्रसाद अधिकारी

सम्पादकः

रविन कार्की  

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline