फाल्गुन ०६,पोखरा – पोखराको फेवातालमा डुङ्गा चलाउने चालकहरूको सोमबार मादक पदार्थ सेवन मापसे जाँच गरिएको छ । डुङ्गा चालकले लापरवाही पूर्वक बोटिङ गर्ने गरेको भन्ने गुनासो पश्चात पर्यटकको सुरक्षाका लागि प्रहरीले डुङ्गा चालकको मापसे जाँच गरिएको हो । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाको उपस्थितिमा अनुगमन गरिएको हो ।
प्रहरी प्रमुख ओलियाले पोखरामा आउने धेरै पर्यटकले फेवातालमा बोटिङ गर्ने गर्दा डुङ्गा चालकले लापरवाही पूर्वक बोटिङ गरेको, यात्रुहरूसँग राम्रो व्यवहार नगर्ने गरेको भन्ने लगायतका गुनासो आएपछि अनुगमन गरिएको बताए । यथार्थ के हो भन्ने बारेमा जान्नका लागि संयुक्त रुपमा अनुगमन गरेर मापसे चेक गरिएको उनले खुलाए । बाराही घाट र फिस्टेल गेटमा रहेका डुङ्गा चालकलाई मापसे चेक गर्दा एकजना चालक मापसे गरेको अवस्थामा भेटिएका थिए । मापसे गरेर डुङ्गा चलाउन हुने रहेनछ भन्नेमा सजग गराउनको लागि यो कार्य गरिएको उने प्रष्ट पारे । अनुगमनका क्रममा भेटिएका मापसे गर्ने डुङ्गाचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लापरवाही गर्ने डुङ्गा चालकलाई कानुनी अनुसार कारबाही अगाडि बढाउने उनको भनाइ छ । यो अनुगमन कार्य निरन्तर रहने कास्कीका प्रहरी प्रमुख ओलियाले जनाए ।
30
previous post