बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News तनहुँबाट तीन भरुवा बन्दुकसहित दुई पक्राउ

तनहुँबाट तीन भरुवा बन्दुकसहित दुई पक्राउ

by sambridhaonline

फाल्गुन  ०६, पोखरा – अवैध भरुवा बन्दुक राखेको आरोपमा तनहुँ प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीको नेतृत्वमा खटिएको ग्रामीण गस्ती टोलीले देवघाट गाउँपालिका–४ मा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार ६१ वर्षीय संखबिर गुरुङको घरबाट लुकाइराखिएको अवस्थामा एक नाले बन्दुक र त्यसको चाप (घोडा नभएको बन्दुक) बरामद गरिएको छ । यस्तै, ६८ वर्षीय कृष्णबहादुर गुरुङको घरमा पनि लुकाइराखिएको एक नाले बन्दुक फेला परेको थियो ।
तीन थान भरुवा बन्दुकसहित दुवै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । हाल उनीहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline