बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News तनहुँ–पोखरा सडक खण्ड एक महिनासम्म आंशिक बन्द हुने

तनहुँ–पोखरा सडक खण्ड एक महिनासम्म आंशिक बन्द हुने

by sambridhaonline

फाल्गुन ०९,पोखरा – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ बिमलनगर खण्ड एक महिनासम्म आंशिक रूपमा बन्द हुने भएको छ ।

बन्दीपुर–४ चुनपहराको सडक निर्माण कामलाई तीव्रता दिन आजदेखि चैत ९ गतेसम्म यातायात व्यवस्था कार्यालय विमलनगरबाट नयाँ पुलसम्म पॉच सय मिटर खण्ड आंशिक रूपमा बन्द गर्न लागिएको हो ।

यो सडक आवश्यकताअनुसार समय–समयमा ४५ मिनेटदेखि एक घण्टासम्मका लागि बन्द गरिने मुग्लिन–पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

आंशिक रूपमा सडक बन्द गरिने अवधिमा साना गाडी तथा मोटरसाइकलले वैकल्पिक मार्ग (विमलनगर–मस्र्याङ्दी पुल–कुमाल गाउँ–नयाँपुल पुल) को प्रयोग गर्न सक्नेछन् ।

ठूला गाडीका चालकलाई रोक्दा र चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्न सडक योजनाले अनुरोध गरेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline