फाल्गुन ११,पोखरा – प्रजातन्त्रका लागि २००७ सालमा ऐतिहासिक योगदान गर्नु भएका स्वर्गीय चन्द्र वहादुर गुरुङ र सामाजिक नारी राधादेवी गुरुङको स्मृतिमा स्थापित राधाचन्द्र स्मृति प्रतिष्ठानद्वारा आयोजित १७ओै स्मृति दिवस शनिवार पर्वतको दुर्लुङमा सुसम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको आसनवाट वोल्दै गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री टकराज गुरुङले अहिले सन्ततिहरुमा आफ्ना बाबू आमाप्रतिको श्रद्धा र सद्भाव घटदै गएको सन्दर्भमा यश किसिमका कार्यक्रम सह्रानीय भएको वताउनु भयो । हामी राजनीतिक प्राणी हौ, हाम्रा आफ्ना आफ्ना मूल्य मान्यता होलान तर संघिय लोकतान्त्रिक गणतन्त्रको विकल्पवारे सोच्न नसकिने वताईने वताउनु भयो । आज भन्दा ३ दशक पहिले महिला, दलित, गरिवहरुको अवस्था दयानीय भएको वताउदै यस व्यवस्थाले सवैलाई मुलप्रवाहमा ल्याएको वताउनु भयो । प्रमुख अतिथि गुरुङले विगत भन्दा वर्तमानमा अभाव न्युनिकरण हुँदै भएको भन्दै हाम्रो सोचको विपन्नता वढेको वताउनु भयो । राजनीतिमा राम्रो मान्छे पछाडी परेका कारण देशमा युवा पिंडीमा निराशा वढेको वताउनु भयो । शेर वहादुर देउवा, के.पी. वलिलाई प्रधानमन्त्री वनाउनमा मात्र वर्तमान गठवन्धनको अर्थ नरहने वताउदै कम्तिमा ५ वर्ष एउटा पाटीको सरकार वन्न सक्ने निर्वाचन प्रणाली वनाउनु पर्नेमा जोड दिनु भयो । स्थाई सरकार विना समृद्धि संभव नभएको अर्थशास्त्रको नियम हो भन्दै अब यसतर्फ सवैले ध्यान दिनुपर्ने उहाँको भनाई थियो । अहिले पनि ९० प्रतिशत जनताको सिंहदरवार प्रवेशमा पँहुच छैन भन्दै गुरुङले समृद्धीको विषयमा अझै धेरै काम गर्न वाँकी रहेको वताउनु भयो ।
कार्यक्रममा पुर्व संघिय शांसद लालकाजी गुरुङ, राप्रपा केन्द्रीय सदस्य ईच्छा वहादुर गुरुङ, कुश्मा नगरप्रमुख राचन्द्र जोशी, जलजला गाउपालिकाका पुर्व अध्यक्ष रामकृष्ण मल्ल, कुश्मा नगरपालिकाको पुर्व उपप्रमुख सीता काफ्ले लामिछाने, प्रतिष्ठानका प्रमुख संरक्षक नवराज गुरुङ, नेपाली कांग्रेसका उपसभापतिद्वय डा.चुडामणी शर्मा र शिव प्रसाद सुवेदी, नेकपा माओवादी केन्द्रका प्रतिनिधि मीन के.सी. अविरल, राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेष्डो नेपालका संस्थापक अध्यक्ष डा. विश्व प्रकाश प्रसाई, पुर्व जिविस उपसभापति राम शर्मा पौडेल, कुनपा-३ का वडा अध्यक्ष तेज प्रसाद शर्मा र नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा सामाजिक संघसंसथाहरुको सबल नेतृत्व मध्येवाट नेष्डो नेपालका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईं, सञ्चारकर्मी सम्मानवाट नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मी प्रसाद साकोटा, कोषाध्यक्ष विष्णु कुमारी गौतम र पुर्व अध्यक्ष गणेश प्रसाद पौडेल हुनुहुन्छ । यसै गरी कार्यक्रममा लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वतका पुर्व अध्यक्ष राम प्रसाद पौडेल पनि सम्मानित हुनु भएको छ ।
कार्क्रममा झण्डै ५० जना एकल महिलालाई नगद सहयोग प्रदान गरिएको छ ।
स्मृती सभा प्रतिष्ठानका अध्यक्ष लेख वहादुरु गुरुङको अध्क्षता, उपाध्यक्ष प्रितम गुरुङको स्वागत एवम् सचिव उत्तम प्रसाद अधिकारीको सञ्चालनमा सम्पन्न भएको रेडियो समृद्धका सहकर्मी खिममाया पाईजा गिरीद्वारा सम्प्रेषित समाचारमा जनाईएको छ ।
188
previous post