बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News निलडाम हुने गरी विद्यार्थी कुट्ने गण्डकी एकेडेमी कास्कीका शिक्षक विपिन कार्की निष्कासित

निलडाम हुने गरी विद्यार्थी कुट्ने गण्डकी एकेडेमी कास्कीका शिक्षक विपिन कार्की निष्कासित

by sambridhaonline

फाल्गुन १२,पोखरा – पोखरामा निलडाम हुने गरी विद्यार्थी कुट्ने एक शिक्षक निष्कासनमा परेका छन् ।

पोखराको जरेवरमा रहेको गण्डकी एकेडेमी कास्कीका गणित शिक्षक विपिन कार्कीले विद्यालयका कक्षा ६ मा अध्ययन गर्ने एक छात्रलाई शरीरमा निलडाम हुने गरी कुटपिट गरेपछि बिद्यालयले कारबाही गरी उनलाई निष्कासन गरेको बताइन्छ ।

केही दिन अघि शिक्षक कार्कीले विद्यार्थी माथि कुटपिट गरे पछि पीडितका आफन्तले विद्यालयमा उजुरी गर्दै प्रहरी समक्ष उक्त घटना पुगे पछि प्रहरीकै समन्वयमा घटनाको विवाद हाल टुंगाइएको विद्यालयले जनाएको छ ।

विद्यार्थीले पिसाव फेर्न जान्छु भन्दै बाहिर जान खोजेपछि शिक्षक कार्कीले हातले विद्यार्थीको पछाडिको कम्मर माथिको भाग सहित पाखुरामा समेत मुक्का प्रहार गर्दा शरीरमा निलडाम भएको पीडित परिवारले जनाएको छ ।

विद्यार्थीलाई पोखराको एक अस्पतालमै उपचार गर्न लगिएको थियो भने शिक्षक कार्कीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो । कुटपिट गर्ने शिक्षकलाई आवश्यक कार्वाही गर्दै निष्कासन र माफी मागे पछि छाडिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline