बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News वालिङ्बाट लागूऔषधसहित पोखराका संजोक गुरुङ पक्राउ

वालिङ्बाट लागूऔषधसहित पोखराका संजोक गुरुङ पक्राउ

by sambridhaonline

फाल्गुन १३,पोखरा – नियन्त्रित लागूऔषधसहित वालिङ्बाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की पोखरा उपमहानगरपालिका वडा नं. – २९ बस्ने २० वर्षीय शंकर भनिने संजोक गुरुङ रहेका छन् ।

सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको वालिङ् नगरपालिका – ८ फुलबारीमा सवारीसाधनहरु चेकजाँच गर्ने क्रममा गुरुङको साथबाट नोर्फिन ४५ एम्पुल, फेनरागन ४५ एम्पुल र डाईजेपाम ४५ एम्पुल गरी १३५ एम्पुल नियन्त्रित लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

मंगलबार बिहान करिब ६:३० बजे बुटवलबाट बागलुङ जाँदै गरेको बसमा सवार गुरुङसङ्ग नियन्त्रित लागूऔषध बरामद भएकाले उनलाई थप अनुसन्धानका लागि पक्राउ गरिएको डिएसपी पौडेलले बताए ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline