आइतवार, बैशाख १४, २०८२
Sunday, April 27, 2025
Home Featured News पश्चिम नेपालमा पानी पार्ने प्रणाली सक्रिय

पश्चिम नेपालमा पानी पार्ने प्रणाली सक्रिय

by sambridhaonline

फाल्गुन १५,पोखरा – यस वर्षको हिउँदयाम सकिँदै गर्दा पश्चिम क्षेत्रमा वर्षा र हिमपात गराउने गरी पश्चिमी वायु सक्रिय भएको छ । आज बेलुकादेखि पर्सिसम्म देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतको जम्मु–काश्मीर, हिमाञ्चल हुँदै नेपाल भित्रिएको मौसमी प्रणाली सुदूरपश्चिम र उच्च हिमाली क्षेत्रमा आइपुगेको मौसमविद्ले बताएका छन् । यो प्रणाली भोलि दिउँसोसम्म काठमाण्डौ आइपुग्ने तर पश्चिमको तुलनामा कमजोर रहने अनुमान छ ।

मौसमविद् रोजन लामिछानेका अनुसार आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । भोलि काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लामा छिटपुट पानी पर्न सक्ने अनुमान छ । मधेशबाहेक अरू ठाउँमा प्रभाव परे पनि पूर्वमा सामान्य असर पर्ने अनुमान छ । पर्सि शनिवार आज र भोलिभन्दा कम वर्षा हुने मौसमविद् लामिछानेले बताउनुभयो । मधेश र लुम्बिनीबाहेकका प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भोलि र पर्सिसम्म नै हल्का हिमपातको सम्भावना छ । पर्सि बेलुकादेखि धेरै ठाउँको मौसम क्रमिक सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।

नेपालमा मङ्सिर मध्यदेखि फागुन १६ गतेसम्मको अवधिलाई हिउँदयाम मानिन्छ । हिउँदमा सरदर ६० मिलिमिटर पानी पर्ने भए पनि यो वर्ष अहिलेसम्म झन्डै १० दशमलव ६ प्रतिशतमात्रै वर्षा भएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
पोखरा–१७, ड्यामसाईड ।

प्रवन्ध निर्देशकः

वि.पी. प्रसाई

व्यवस्थापकद्वयः

लक्ष्मी कुमारी मेधासी प्रसाई,
सावित्री खत्री क्षेत्री लामिछाने

कार्यकारी सम्पादकः

उत्तम प्रसाद अधिकारी

सम्पादकः

रविन कार्की  

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline