फाल्गुन १८,पोखरा – विगत २७ वर्ष देखि गरिवी न्यूनिकरणको क्षेत्रमा क्रियाशिल नेष्डो नेपालद्वारा प्रवद्र्धित नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले पर्वत जिल्लाको थापठाना शाखामा वित्तीय साक्षरता, कर्जा मिनाह तथा विमा दावी भुक्तानी कार्यक्रम शनिवार सम्पन्न गरेको छ ।
कार्यक्रम अन्र्तगत फलेवास नगरपालिका, वडा नं. २ थापाठाना निवासी संस्थाको सदस्य स्वर्गिय वसुन्धरी भण्डारीको निधनमा नीजले संस्थालाई तिर्न वाँकी कर्जा ६ लाख ५३ हजार ३२९ रुपैयाँ मिनाह गरी नीजले किस्ता वापत संस्थालाई भुक्तानी गरेको ३ लाख ८६ हजार ६७१ रुपैयाँ सदस्यको परिवारलाई फिर्ता गरिएको छ । साथै संस्थाले भण्डारीको परिवारलाई क्रिया खर्च वापत १ लाख ४ हजार रुपैयाँ र नीजले वचत वापत संस्थामा जम्मा गरेको १ लाख २८ हजार ३५५ रुपैयाँ समेत नीजको हकवाला श्रीमान्लाई वित्तीय साक्षरता कार्यक्रमको विच फिर्ता दिएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको आसनवाट वोल्दै वित्तीय संस्थाका संस्थापक अध्यक्ष एवम् नेपाली कांग्रेस पर्वतका नेता डा. विश्व प्रकाश प्रसाईले २७ वर्ष पहिले देशमा द्वन्द चरम उत्कृर्षमा पुगेको, गाँउले वजारमा अवस्थित वैंकका शाखाहरु र सरकारी सेवा केन्द्रहरु सदरमुकाम केन्द्रित रहेको, साहुमहाजनले समेत गरिव विपन्न परिवारलाई ऋण सापटी नदिने अवस्थामा पर्वत जिल्लाको गाँउगाँउमा नेष्डो नेपाल पुगेर विना धितो कर्जा दिई महिलाहरुलाई जीविकोपार्जनमा टेवा पु¥याएको वताउनु भयो । देशमा झण्डै ५३ लाख लघुवित्तका सदस्य मध्ये ३३ लाखले लघुवित्त संस्थावाट कर्जा लिएको भन्दै क्षमता नहेरी कर्जा लिने, लिएको कर्जा सदुपयोग नगरेको कारण समयमा किस्ता तिर्न नसक्ने केही सदस्यले लघुवित्त संस्था विरुद्ध अपवाह फैलाएको भनणदै अफवाहका पछि नलागी ईमान्दारीका साथ कारोवार गर्न सदस्यलाई अनुरोध गर्नु भयो । प्रमुख अतिथि प्रसाईले अनुशासन पुर्वक वित्तीय कारोवार नगर्ने सदस्यको वारेमा राजनीतिक दल समेत भ्रममा रहेको भन्दै भ्रममा नलागी असल सदस्यको पक्षमा उभिन अनुरोध गर्नु भयो । प्रसाईले अमेरीकी सहयोग वन्द भएको र सम्पत्ति सुद्धीकरणको सन्दर्भमा देश ग्रे लिष्टमा सुचिकृत भएसंगै भविस्यमा आउन सक्ने वित्तीय संकटवाट लघुवित्तलाई प्रभावित हुन नदिन सदस्यहरुमा अनुशासन र इमान्दारिताको जरुरी भएको वताउनु भयो। उहाँले ठुला वैंकहरुले व्यवसाय सुरक्षणमा जोड दिने भएता पनि लघुवित्तले सदस्य दिदीवहिनीको जीवन र सामाजिक प्रतिष्ठालाई ध्यान दिंदै मृत्यु पश्चात् कर्जा मिनाह, तिरेको रकम फिर्ता र क्रिया खर्च सुविधा समेत दिंदै आएको वताउनु भयो ।

कार्यक्रममा शाखामा आवद्ध समृद्ध व्यवसायिक केन्द्रहरु मध्ये उत्कृष्ठ केन्द्रहरुलाई नगद पुरस्कार सहित प्रमाणपत्रले सम्मान गरिएको छ । यसरी सम्मानित केन्द्रहरुमा प्रथम स्थान हासिल गर्ने फलेवास नगरपालिका, वडा नं. २ घैयारा स्थित घैयारा समृद्ध व्यवसायिक केन्द्र, केन्द्र नं. ११, दोश्रो स्थान हासिल गर्ने फलेवास नगरपालिका, वडा नं. ८ भँगरा स्थित श्री वगरमारा समृद्ध व्यवसायिक केन्द्र, केन्द्र नं. ५२, तेश्रो स्थान हासिल गर्ने कुश्मा नगरपालिका, वडा नं. १३ खौला स्थित उन्नतीशिल समृद्ध व्यवसायिक केन्द्र, केन्द्र नं. २१ र सान्त्वना स्थान हासिल गर्ने फलेवास नगरपालिका वडा नं. २ थापाठाना स्थित विकासिल समृद्ध व्यवसायिक केन्द्र, केन्द्र नं. ६ रहेका छन् ।
कार्यक्रममा संस्थाको सेवा विस्तारमा टेवा पु¥याउने विभिन्न केन्द्रका उत्कृष्ठ सदस्यहरुलाई समेत सम्मान गरिएको छ । यसरी सम्मानित हुने उत्कृष्ठ सदस्यहरुमा जुना थापा, धन कुमारी श्रेष्ठ, सिता श्रेष्ठ, कमला कुमारी अधिकारी भण्डारी, राममायाँ जि.सी., वेलमायाँ जि.सी, मिना थापा लगायत हुनुहुन्छ । पुरस्कृत तथा सम्मानित सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रसाईले नगद, प्रमाणपत्र र टिका खादाले सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा फलेवास नगरपालिका वडा नं. २ निवासी क्यान्सर पिडित १४ वर्षिय बालकलाई उपचारर्थ आर्थिक सहयोग समेत प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि विश्व प्रकाश प्रसाईको तर्फवाट प्रदान गरिएको १० हजार रुपैयाँ सहित कार्यक्रममा सहभागी महिला सदस्यहरुवाट स्वईच्छिक संकलन गरिएको रकम समेत गरी २१ हजार ९२० रुपैयाँ कार्यक्रमका विच सम्वन्धित विरामी वालकलाई अभिभावकको रोहोवरमा हस्तान्तरण गरिएको छ । वालकको स्वास्थ्य तन्दुरुष्टी पश्चात् जोड स्नातकसम्म अध्यायनको आर्थिक व्यवस्था मिलाउने प्रतिवद्धता प्रसाईले गर्नु भएको छ ।
नेष्डो समृद्धको थापाठाना शाखामा सम्पन्न वित्तीय साक्षरता, कर्जा मिनाह तथा विमा दावी भुक्ता्नी कार्यक्रम संस्थाका कायममुकायम कार्यकारी प्रमुख युधिष्ठिर शर्मा भुषालको अध्यक्षता, संस्थाका मानव शंसाधन प्रमुख उत्तम अधिकारीको स्वागत, केन्द्र प्रवन्धक कल्पना शर्माको प्रतिज्ञा एवम् मानव शंसाधन अधिकृत इश्वरी प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको नेष्डो समृद्ध थापाठाना शाखाका शाखा प्रवन्धक सुना मल्ल र समृद्ध सहकर्मी खिममायाँ पाईजा गिरीद्वारा सम्पादित समाचारमा जनाइएको छ ।