मङ्लबार, बैशाख ८, २०८३
Tuesday, April 21, 2026
Home Featured News क्रिप्टोकरेन्सी प्रयोग तथा जुवा वा सट्टावाजी गरेको आरोपमा कास्की प्रहरी ५ जना पक्राउ

क्रिप्टोकरेन्सी प्रयोग तथा जुवा वा सट्टावाजी गरेको आरोपमा कास्की प्रहरी ५ जना पक्राउ

by sambridhaonline

फाल्गुन २५,पोखरा- कास्की प्रहरीले क्रिप्टोकरेन्सी कारोवार, अनलाईन जुवा र सट्टावाजी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट विभिन्न ईलेक्ट्रोनिक डिभाईसहरुसमेत बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डिएसपी बसन्तकुमार शर्माका अनुसार पक्राउ पर्नेमा पर्वतको जलजला गाउँपालिका–३ घर भई हाल पोखरा–१४ अनुपम मार्ग बस्ने ३१ वर्षीय रुपेन्द्र जिसी, म्याग्दीको बेनी नगरपालिका–५ स्थायी घर भई हाल पोखरा–१४ हवेलीमार्ग बस्ने ३३ वर्षका बिक्रम बानियाँ छन् ।

यसैगरी म्याग्दीको रघुगंगा गाउँपालिका–२ घर भइ पोखराको अनुपम मार्गमा बस्ने १९ वर्षका रोजन केसी, म्याग्दीकै बेनी–२ स्थायी घर भई अनुपम मार्गमा बस्ने २२ वर्षीय सज्जन घिमिरे र म्याग्दी रघुगंगा–२ स्थायी ठेगना भई पोखराको चाउथेमा बस्ने २८ वर्षका सन्दीप कटुवाल रहेका छन् । पक्राउ परेका मध्ये रुपेन्द्र्र आइटी इन्जिनियरमा पिएचडी गर्दैै छन् । उनी १० वर्ष अमेरिका बसेर एक महिना अघिमात्रै छुट्टीमा आएका थिए । यसैगरी बानियाँको पोखराको चिप्लेढुंगामा फेन्सी पसल रहेको, केसी ब्याचलर दोस्रो वर्षमा अध्ययनरत रहेको, घिमिरे पनि ब्याचलर चौथो वर्षमा पढ्दै गरेको र कटुवाल एक कन्सल्टेन्सीका संचालक हुन । बानियाँ र घिमिरे रुपेन्द्रको फुपुका छोरा, केसी रुपेन्द्रको सानी आमाको छोरा र कटुवाल रुपेन्द्रको बहिनी ज्याई रहेका छन् ।

रुपेन्द्र जिसीको साढे ३ तलाको घरबाट क्रिप्टोकरेन्सी कारोवार, अनलाईन जुवा र सट्टावाजीजस्ता शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा नेपाल प्रहरीको प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलिको कमान्डमा खटिएको प्रहरी टोलीले शुक्रबार उनीहरुलाई नियन्त्रणमा लिएको हो । मा प्रयोग गरिएको भनिएका विभिन्न ईलेक्ट्रोनिक डिभाईसको फेला परेको । प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरुले आफन्तको नाममा विभिन्न बैंकहरुमा खाता खोली कारोवार गरेको खुलेको छ । ह्वाट्स एप, टेलिग्राम, क्यासएपलगायत एप्समार्फत तत्काल उपलब्ध डिटेल्स अनुसार ग्याम्बलिङ अन्तर्गत १५ करोड र अभौतिक मुद्रा १५ करोड गरी ३० करोड कारोवार देखिएको कास्की प्रहरीले आइतबार पत्रकार सम्मेलनमा जनाएको छ । उनीहरुले दैनिक ३ सिफ्ट खेलाउने, कम्तीमा एक सिफ्६को ३ हजार अमेरिकी डलरको दरले अनलाइन ग्याम्बलिङ गराउने गरेको प्रहरीको भनाई छ । पक्राउ परेकाहरुलाई अभौतिक मुद्रा प्रयोग र जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट ३१ थान मोबाइल, कम्प्युटर मनिटर २, सिपीयु ३, ल्यापटप ४, आइप्याड १, राउटर ४, पेनड्राइभ ३, हार्डडिस्क १, नगद ७२ हजार सहित विभिन्न सामान पनि बरामद गरिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline