चैत्र ०४,पोखरा – पोखरामा धारिलो हतियार (खुँडा) प्रहार गरी फरार एक युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका– १७ बिरौटा बस्ने बर्ष २२ को मनिष ठकुरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शनिबार साँझ करिब ६ बजे पोखरा– १८ सेदी बसपार्क स्थित सार्बजानिक स्थानमा एक जनाब्यक्तिलाई ठकुरीले धारिलो हतियार (खुँडा) प्रहार गरी फरार भएका थिए ।
उक्त सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी विट सेदी, कास्कीबाट खटिएको प्रहरी टोलीले घाईतेलाई अस्पताल पठाएको र घटनामा संलग्न ठकुरीलाई खुँडासहित पक्राउ गरेको हो ।
पक्राउ परेका ठकुरीलाई कास्की जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।