बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News तनहुँमा च्याउ खाएर बिरामी भएकामध्ये एक जनाको ज्यान गयो

तनहुँमा च्याउ खाएर बिरामी भएकामध्ये एक जनाको ज्यान गयो

by sambridhaonline

चैत्र ०५,पोखरा – तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाँदा बिरामी परेकामध्ये एक जनाको उपचारका क्रममा ज्यान गएको छ ।

म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शुक्रवार बेलुका च्याउ खाँदा १० जना बिरामी परेका थिए ।

नारायणको पोखरामा उपचारका क्रममा हिजो ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । बिरामी परेका नौ जनाको अवस्था भने खतरामुक्त छ ।

सर्वलाङ बस्ने ३० वर्षीय नारायणको बारीमा उम्रिएको च्याउ शान्तिटोल मामाघरमा लगेको र पकाएर खाएका उनीहरु बिरामी भएका हुन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline