चैत्र ५,पोखरा – तनहुँमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
म्याग्दे गाउँपालिका– ४ ओटाङ्दीस्थित भित्री कच्ची सडकखण्डमा सोमबार साँझ ओटाङ्दीबाट हाईवेतर्फ फर्किँदै गरेको ग १ त ५६८९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकमा पल्टिएको हो ।
दुर्घटनामा सहचालक म्याग्दे गाउँपालिका– २, जामुनेका ३० वर्षीय सुक बहादुर बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक प्रकाश कुमार श्रेष्ठ भने सकुशल रहेका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।