चैत्र ९,पोखरा – नरेन्द्र मोदी विचार मन्च तथा अन्तराष्ट्रिय सन्त बौद्धिक मन्चद्वारा पोखरामा शुक्रवार संयुक्त रुपमा अन्तराष्ट्रिय सन्त सम्मेलन आयोजना भएको छ । सम्मेलनमा नेपाल, भारत लगायतका देशवाट ५ सय भन्दा वढि साधुसन्तहरु र हजारौ नेपाली मातृशक्तिहरुको सहभागिता रहेको थियो । वसुधैव कुटुम वकम, सत्यम शिवम् सुन्दरमको आदर्शको साथै नेपाल र भारतको सामाजिक तथा साँस्कृतिक परम्पराको संरक्षण एवम् बौद्धिक सनातन पद्धतिलाई विश्वसामु प्रवर्धन गर्न र साधुसन्तको मनोभावनालाई उचित कदर गर्ने उद्धेश्यले सो सम्मेलन आयोजना गरिएको वताईएको छ ।
कार्यक्रममा सनातन धर्मको रक्षार्थ प्रतिवद्धता व्यक्त गर्दै धर्म रक्षार्थ योगदान गर्नु भएका देशभरका सयौं व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा पर्वतवाट डा. विश्व प्रकाश प्रसाईं, प्युठानवाट विजय कुमार श्रेष्ठ, अर्घाखाँचीवाट वावुराम पौडेल, सीता वेलवासे र नारायणी अधिकारी, गुल्मीवाट रेशम कुँवर, कपिलवस्तुवाट युवराज गैरै, रुपन्देहीवाट सुस्मिता पौडेल लगायत हुनुहुन्छ ।

कार्यक्रममा प्रमुख अतिथिको आसनवाट वोल्दै भारत मध्येप्रदेशका क्याविनेट मन्त्री रविकरण साहुले नेपाल र भारत विच आर्थिक, सामाजिक एवम् साँस्कृतिक सम्बन्ध रहेको वताउनु भयो । यो सम्वन्धलाई वचाई राख्न सनातन हिन्दु धर्मको रक्षा हुनुपर्ने उहाँको भनाई छ । दुई देश विचको कुटनीतिक सम्वन्धका साथमा पहाड हुँदै हिमालसम्मको सामाजिक सम्वन्धलाई थप प्रगाढ वनाउन यो सन्त सम्मेलनले टेवा पुग्नेमा जोड दिनु भएको छ ।

कार्क्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले अध्यात्म विना समृद्धी संभव नहुने भन्दै सनातन पद्धतिलाई जगेर्न गर्नुपर्ने वताउनु भयो ।
कार्यक्रम मोदी विचार मन्च तथा अन्तराष्ट्रिय सन्त बौद्धिक मन्चका महामन्त्री महन्त शिव शंकर गिरी महाराजको अध्यक्षता, मन्चका नेपाल अध्यक्ष एवम् एशिया फ्यासेफिक महासचिव यवराज आचार्यको स्वागत एवम् महिला अभियान्तद्वय निशा खड्का तथा शुस्मा प्रसाईको सञ्चालनमा सम्पन्न थियो ।
ओैपचारिक कार्यक्रम पुर्व २ हजार ७ सय मातृशक्ति, ५ सय साधुसन्तहरु र सयौ सामाजिक राजनीति् व्याक्तित्वहरु सहभागितामा मानव अधिकारीचोक देखि के.सी. वेन्क्वीट फुलवारीसम्म वाजागाजा सहित कलश यात्रा भएको थियो ।