१० चैत्र ,पोखरा – गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा आरुघाट गाउपालिका–६ कल्लेरीका २७ वर्षीय हरि बिक रहेका छन् ।
आइतबार बिहान करिब साढे ७ बजे डिस्क होम फाइबर नेटको काम गर्न बिजुलीको पोलमा चढेका बेला बिकलाई करेन्ट लागेको थियो ।
गोरखा नगरपालिका–७ मान्द्रेढुङ्गास्थित बिजुली पोलमा नेटको तार मिलाउन चढ्दा एक्कासी करेन्ट लागेर ढलेका उनलाई गोरखा अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको हो ।