बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पृथ्वीनारायण क्याम्पसमा स्ववियु मतदान जारी

पृथ्वीनारायण क्याम्पसमा स्ववियु मतदान जारी

by sambridhaonline

चैत १०,पोखरा – पृथ्वीनारायण क्याम्पस, पोखरामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान जारी छ । गत चैत ५ र चैत ६ मा दुई पटक स्थगित भएको निर्वाचन आइतबार बिहान ८ बजेदेखि पुन सुरु गरिएको हो ।
क्याम्पसभित्र ६ वटा केन्द्रमार्फत मतदान सुरु भएको निर्वाचन अधिकृत प्रा.डा रामचन्द्र पोखरेलले जानकारी दिनुभयो । मतदान ८ बजेदेखि सुरु भएको थियो । मतदानको समय ४ बजेसम्म हो । तर ४ बजेसम्म गेटभित्र प्रवेश गर्नेले त्यसपछि पनि मतदान गर्न पाउनेछन् । क्याम्पसमा ९ हजार २ सय ७० मतदाता छन् । ०६५ पछि यस क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन
क्याम्पसमा प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ वटा संघसंगठन र प्यानल चुनावी मैदानमा छन् । प्रत्यक्षतर्फ अखिल (क्रान्तिकारी), अनेरास्ववियु (छैटौं), प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, नेपाल विद्यार्थी संघ, संयुक्त प्यानल, अनेरास्ववियुका उम्मेदवार छन् । स्ववियु अध्यक्षमा अखिल (क्रान्तिकारी) बाट नवीन अधिकारी, अनेरास्ववियु (छैठौं) बाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद् नेपालबाट दिप्सन गुरूङ, नेपाल विद्यार्थी संघबाट सुशील न्यौपाने, संयुक्त प्यानलबाट सन्तोष पौडेल, अनेरास्ववियुबाट विष्णु पोखरेल उम्मेदवार छन् । कमल सुवेदी र विप्लवी न्यौपाने स्वतन्त्र उम्मेदवार छन् ।

समानुपातिकतर्फ अखिल (क्रान्तिकारी), अनेरास्ववियु, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, अखिल (छैटौं), अखिल क्रान्तिकारी वैद्य, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल (समाजवादी) र नयाँ शक्ति विद्यार्थी युनियनले उम्मेदवारी दिएका छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline