बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचनमा ईतिहासकै कम २८ सय ९७ मत खस्यो

पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचनमा ईतिहासकै कम २८ सय ९७ मत खस्यो

by sambridhaonline

चैत १०,पोखरा – पोखरास्थित पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हालसम्मकै सबैभन्दा कम मत खसेको छ । १६ वर्षपछि आईतवार सम्पन्न स्ववियु निर्वाचनको मतदानमा जम्मा २८ सय ९७ मत खसेको हो ।

पृथ्वीनारायण क्याम्पसमा कुल ९ हजार २ सय ७० मतदाता रहेका थिए । पृथ्वीनारायण क्याम्पस त्रिभुवन विश्वविद्यालयको सबैभन्दा धेरै विद्यार्थी भएको आङ्गिक क्याम्पस समेत हो । सबैभन्दा धेरै विद्यार्थी भएको आङ्गिक क्याम्पसमा जम्मा ३१ दशमलव २५ प्रतिशत मत खसेको हो ।बिहान ८ बजेदेखि सुरु भएको मतदान अपराह्न ४ बजेसम्म चलेको थियो । सर्वदलीय बैठकपश्चात मतगणना कतिवेलादेखि गर्ने भन्नेबारे टुङ्गो लाग्ने पृथ्वीनारायण क्याम्पस स्ववियु निर्वाचन समितिले जनाएको छ ।
यसअघि गत मंगलवार (चैत्र ५ गते) का लागि निर्धारित मतदान मतपत्रमा गडबडी देखिएपछि स्थगित भएको थियो । केही विद्यार्थी संगठन बाहेकबीच सहमति गरी १० गते अर्थात आज मतदान भएको हो । पृथ्वीनारायण क्याम्पसमा स्ववियु सभापति बन्न ८ जनाको उम्मेदवारी परेको छ । जसमा कमल सुवेदी र विप्लवी न्यौपाने २ जना स्वतन्त्र रुपमा उठेका छन् भने बाँकी ६ जना राजनीतिक दलको भातृ सङ्गठनका उम्मेदवार छन्।

पृथ्वीनारायण क्याम्पसमा १६ वर्षपछि भएको निर्वाचनमा एमालेको अनेरास्ववियुबाट विष्णु पोखरेल, काङ्ग्रेसको नेपाल विद्यार्थी संघबाट सुशील न्यौपाने, माओवादीको अनेरास्ववियु (क्रान्तिकारी) बाट नवीन अधिकारी, अनेरास्ववियू, अखिल समाजवादी र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सन्तोष पौडेल, प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङ र अखिल छैठौंबाट मिलन सुनार अध्यक्षका प्रत्यासी छन् । समानुपातिकका लागि अध्यक्षको प्यानलमा रहेका बाहेक नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (वैद्य)का उम्मेदवारहरू पनि चुनावी मैदानमा छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline