बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News गण्डकीको आगामी बजेट साढे ३ अर्ब घट्ने

गण्डकीको आगामी बजेट साढे ३ अर्ब घट्ने

by sambridhaonline

चैत्र १३,पोखरा – गण्डकी प्रदेशमा आगामी वर्षको बजेट झण्डै साढे ३ अर्ब घट्ने भएको छ । प्रदेश स्रोत अनुमान समितिले आउँदो ३ वर्षको स्रोत तयार गरेर बजेट सिलिङ तोकेको हो ।

समितिको सुझाव अनुसार आगामी वर्ष २०८२/०८३ मा २९ अर्ब ५० करोडको मात्रै बजेट बनाउन भनिएको छ । चालू आर्थिक वर्षका लागि ३३ अर्ब ९७ करोडको बजेट ल्याइएको थियो । समितिले आगामी वर्षदेखि आन्तरिक ऋण शीर्षक राखेर बजेट बनाउन नहुने सुझाव पनि दिएको छ । चालू वर्ष १ अर्ब ७० करोड बजेट आन्तरिक ऋणबाट उठाउने लक्ष्य लिइएको थियो । तर ऋण उठाउने सम्भावना नभएपछि समितिले उक्त शीर्षक नै हटाउन सुझाएको हो । ‘हालसम्म नेपाल सरकार र आन्तरिक ऋण प्राप्त नगरेकोले आगामी वर्षदेखि आन्तरिक ऋण परिचालन नगर्न सिफारिस गरेको छ,’ सुझावमा भनिएको छ ।

आगामी आर्थिक वर्ष संघ सरकारबाट वित्तीय समानीकरण अनुदानमा ७ अर्ब ७१ करोड प्राप्त गर्ने अनुमान गरेको छ । राजस्व बाँडफाँटबाट ९ अर्ब ६३ करोड, रोयल्टी ४८ करोड ३९ लाख, सशर्त अनुदान ३ अर्ब ६१ करोड, विशेष अनुदान ६५ करोड, समपूरक अनुदान १ अर्ब १९ करोड प्राप्त गर्ने प्रक्षेपण समितिको छ । यस्तै, प्रदेशले विभिन्न शीर्षकमा ५ अर्ब १८ करोड आन्तरिक आम्दानी प्राप्त गर्ने अनुमान छ । आन्तरिक आम्दानी आव २०८३।०८४ मा ५ अर्ब ४४ करोड र २०८४।०८५ मा ५ अर्ब ७१ करोड स्रोत अनुमान छ । चालू वर्षको १ अर्ब २ करोड खर्च नभई मौज्दातको रूपमा रहने अनुमान गरिएको छ ।

समितिले बजेट सीमाभित्र रहेर मात्रै बजेट तयारी गर्न सुझाव दिइएको छ । दोस्रो पञ्चवर्षीय योजनाले तय गरेका योजना तथा कार्यक्रमलाई प्राथमिकता दिएर मात्रै नयाँ योजना तथा कार्यक्रममा बजेट विनियोजन गर्न भनेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline