बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको ज्यान गयो, ३ जनाको सनाखत, २७ जना घाइते

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको ज्यान गयो, ३ जनाको सनाखत, २७ जना घाइते

by sambridhaonline

चैत्र १४,पोखरा – अर्घाखाँची जिल्लाको भुवनपाटामा हिजो साँझ भएको बस दुर्घटनामा थप एकजना सहित ४ जनाको मृत्यु भएको छ भने घाइतेको संख्या २७ पुगेको छ।मृतक ३ जनाको सनाखत भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा रुपन्देहीको बुटवल उपमहाननगरपालिका–८ बस्ने ५५ वर्षीया जमुना वस्याल, नवलपरासीको पश्चिम भुमही बस्ने ४५ वर्षीया उमा न्यौपाने, निजकी ६५ वर्षीया सासु (नामथर नखुलेकी) र पश्चिम बर्दघाट बस्ने ४५ वर्षीय बसचालक मदनकुमार विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए। उनका अनुसार बसचालक विकको उद्धार गरी अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो।

यसअघि १५ जना घाइतेको उद्धार गरिएकोमा प्रहरीले घटनास्थलबाट थप १२ जनाको उद्धार गरेको जनाउँदै प्रहरी निरीक्षक पौडेलले घाइतेको सङ्ख्या २७ पुगेको बताए।

उनका अनुसार घाइतेमध्ये ६ जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ भने अन्यको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ।

गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डमा सुपा मन्दिर दर्शन गरी नवलपरासीका लागि फिर्ता हुँदै गरेको लु २ ख ३०३ नं को बस बस अचानक अनियन्त्रित भई शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक पौडेलका अनुसार चालक विकको उद्धार गरी अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline