सोमवार, बैशाख ७, २०८३
Monday, April 20, 2026
Home Featured News पोखराबाट अमेरिकन महिला अपहरण गरी फिरौती माग्ने युवती पक्राउ

पोखराबाट अमेरिकन महिला अपहरण गरी फिरौती माग्ने युवती पक्राउ

by sambridhaonline

चैत्र १४,पोखरा – कास्कीको पोखराबाट अमेरिकन महिलालाई अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका-४ की ३७ वर्षीया सरिता लामा रहेकी छन्।

उनले पोखराको लेकसाइडबाट ७० वर्षकी अमेरिकन नागरिकलाई अपहरण गरेर मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ नेवारपानी पुर्‍याएर ३ लाख युरो फिरोती माग गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दिप जिसीले जानकारी दिए।

अमेरिकन महिलालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा सकुशल उद्धार गरेको पनि जिसीले बताए। अमेरिकन नागरिक मुक्तिनाथ मन्दिर दर्शन तथा भ्रमणका लागि नेपाल आएकी थिइन्।

उनी त्यसअघि पोखराको एक होटलमा बसेको अवस्थामा सरिताले अपहरण गरेर फिरौती माग गरेको भन्दै नेपालस्थित अमेरिकन दूतावासले मंगलबार प्रहरीलाई जानकारी गराएको थियो।

त्यसपछि अनुसन्धान थालेको प्रहरीले आरोपिलाई तत्काल पक्राउ गर्न सफल भएको हो। सरितालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमति पाएको छ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline