चैत १७,पोखरा – गण्डकी प्रदेश सरकारले २०८२ मा नेपाल सरकारले निर्णय गरेका वाहेक थप ४ दिन बिदा दिने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को यही चैत १२ मा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारको उक्त निर्णय राजपत्रमा समेत प्रकाशित भइसकेको छ । निर्णय अनुसार भानु जयन्तीका दिन असार २९ गते आइतबार, कोजाग्रत पूर्णिमाका दिन असोज २० गते सोमबार, गण्डकी प्रदेश स्थापना दिवस माघ २२ गते बिहीबार र चैते दशैं २०८२ साल चैत १२ गते बिहीबार गरी ४ दिन बिदा दिइने छ ।