बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News लागूऔषधसहित भरतपुरका एक युवक स्याङ्गजाबाट पक्राउ

लागूऔषधसहित भरतपुरका एक युवक स्याङ्गजाबाट पक्राउ

by sambridhaonline

चैत १८,पोखरा – स्याङ्जामा लागूऔषधसहित भरतपुरका एक युवक पक्राउ परेका छन् । वालिङ् नगरपालिका – १० फुलबारी चोकस्थित सिद्धार्थ राजमार्गमा सवारी चेकजाँचका लागि खटिएको प्रहरी टोलिले युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका – २९ का २७ वर्षीय सुजन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

आइतबार साँझ सवारीसाधनहरु चेकजाँच गर्ने क्रममा बुटवलबाट पोखरातर्फ आउँदै गरेको प्र.नं. ३ – ०१००५ ख ९९०४ नम्बरको हाइसमा सवार गुरुङको साथबाट झोलामा लुकाई छिपाई ल्याएको अवैध लागूऔषध फेला परेकोले पक्राउ गरिएको डिएसपी पौडेलले बताए ।

उनको साथबाट ट्रमाडोल हाइड्रोक्लोराईड ६ पत्ता (५५ क्याप्सुल) अवैध लागूऔषध फेला परेको डिएसपी पौडेलले बताए ।

पक्राउ परेका गुरुङलाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline