शुक्रबार, बैशाख २५, २०८३
Friday, May 8, 2026
Home Featured News पोखरामा स्कुटर चोरीमा संलग्न पक्राउ परेका ८ मध्ये ७ जना बालक

पोखरामा स्कुटर चोरीमा संलग्न पक्राउ परेका ८ मध्ये ७ जना बालक

१० वटा चोरी भएका स्कुटर फेला, एउटामा आगजनी

by sambridhaonline

चैत १९,पोखरा – जिल्ला प्रहरी कार्यालय कास्कीले स्कुटर चोरी तथा आगजनीमा संलग्न ८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये १३ देखि १६ वर्ष उमेर समूहका ७ जना बालक र २० वर्षीय दिनेश गुरुङ छन्।

प्रहरीका अनुसार चैत १३ गते राति पोखरा महानगरपालिका-२० भलामस्थित घर अगाडि पार्किङ गरिएको ग ११ प ७५३७ नम्बरको स्कुटर चोरी भएको सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

चैत १६ गते पोखरा-१६ लामाचौरस्थित माथिल्लो दीप क्षेत्रमा शंकास्पद अवस्थामा ग ८ प ५४२९ नम्बरको स्कुटर चलाइरहेका दुई जना बालक फेला परेका कास्की प्रहरीले बताएको छ । सोधपुछपछि उनीहरुले स्कुटर चैत १४ गते राति हल्लनचोकबाट चोरी गरेको स्वीकारेकाे प्रहरीकाे भनाइ छ ।

उनीहरुले पुराना मोडलका स्कुटर चोरी गरी केही दिन चलाएर अन्यत्र छोड्ने गरेको तथ्य खुलेको प्रहरीले बताएकाे छ । थप अनुसन्धानका क्रममा विभिन्न स्थानबाट १० वटा चोरी भएका स्कुटर फेला पारिएको प्रहरीले जनाएको छ। गाेरखाका दिनेश गुरुङ पोखरा-१६ दीपमा बस्दै आएका थिए।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline