शुक्रबार, बैशाख २५, २०८३
Friday, May 8, 2026
Home Featured News सांसद बोहोराको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद् बैठक अन्त्य

सांसद बोहोराको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद् बैठक अन्त्य

by sambridhaonline

चैत १९,पोखरा – सांसद दीपक बोहोराको निधनमा शोक प्रस्ताव पारित गरेर संसद् बैठक अन्त्य भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव राख्नुभएको थियो । शोक प्रस्ताव सर्वसम्मतिबाट पारित भयो ।

रुपन्देहीको क्षेत्र नम्बर–३ बाट निर्वाचित राप्रपाका सांसद बोहोराको ७६ वर्षको उमेरमा आज बिहान निधन भएको हो । आजको बैठकमा सभामुख घिमिरले संसद्को हिउँदे अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको ब्यहोराबारे पनि जानकारी दिनुभएको थियो ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय संसद्को चालू अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिश गरेको थियो । त्यसअनुसार राष्ट्रपति पौडेलले सङ्घीय संसद्का दुवै सदनका चालू अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्नुभएको छ ।

संसद्को हिउँदे अधिवेशन गएको माघ १८ गतेदेखि शुरू भएको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline