शुक्रबार, बैशाख २५, २०८३
Friday, May 8, 2026
Home Featured News संस्थागत क्षमता मूल्यांकनमा पर्बत को जलजला गण्डकीकै प्रथम

संस्थागत क्षमता मूल्यांकनमा पर्बत को जलजला गण्डकीकै प्रथम

by sambridhaonline

चैत २०,पोखरा – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा पर्वतको जलजला गाउँपालिका गण्डकी प्रदेशमा नै प्रथम बनेको छ। प्रदेशका ८५ वटा स्थानीय तहहरूमध्ये जलजला गाउँपालिकाले एक सय पूर्णाङ्कमा ९८.५ प्रतिशत अङ्क प्राप्त गरेको छ।स्वमूल्याङ्कन अन्तर्गत शासकीय प्रबन्धमा नौ, सङ्गठन तथा प्रशासनमा आठ, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ११, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ११, सेवा प्रवाहमा १६, न्यायिक कार्यसम्पादनमा सात, भौतिक पूर्वाधारमा १२.५, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा आठ र सहकार्य तथा समन्वयमा छ अङ्क प्राप्त गरेको छ।
स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिहरूको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरूको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरूको जानकारी लिन यो मूल्याङ्कन हुने गरेको छ।आवधिक समीक्षाको लागि आधार प्राप्त गर्न र गाउँपालिका तथा नगरपालिकाहरूको बिचमा तुलनायोग्य सूचकहरू तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यो मूल्याङ्कन गर्दै आइरहेको छ।

यस्तै, दोस्रो स्थानमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले ९८ अङ्क प्राप्त गरेको छ। स्वमूल्याङ्कन अन्तर्गत शासकीय प्रबन्धमा नौ, सङ्गठन तथा प्रशासनमा आठ, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ११, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ११, सेवा प्रवाहमा १६, न्यायिक कार्यसम्पादनमा सात, भौतिक पूर्वाधारमा १२, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा आठ र सहकार्य तथा समन्वयमा छ अङ्क प्राप्त गरेको छ।

तेस्रो स्थानमा नवलपरासी बर्दघाट सुस्ता पूर्वको हुप्सेकोट गाउँपालिकाले ९७.७५ अङ्क प्राप्त गरेको छ। शासकीय प्रबन्धमा नौ, सङ्गठन तथा प्रशासनमा आठ, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा १०, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ११, सेवा प्रवाहमा १५.७५, न्यायिक कार्यसम्पादनमा सात, भौतिक पूर्वाधारमा १२, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा नौ र सहकार्य तथा समन्वयमा छ अङ्क प्राप्त गरेको छ मूल्याङ्कनको चौथो स्थानमा गोरखाको पालुङटार नगरपालिका र कास्कीको अन्नपूर्ण गाउँपालिकाले समान ९५.७५ अङ्क प्राप्त गरेका छन्।

सबैभन्दा कम अङ्क प्राप्त गर्ने स्थानीय तह भने मनाङको नाशोङ गाउँपालिका रहेको छ।यो स्थानीय तहले शासकीय प्रबन्धमा ८.५, सङ्गठन तथा प्रशासनमा ७.५, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ८, वित्तीय एवं आर्थिक व्यवस्थापनमा १०, सेवा प्रवाहमा ११, न्यायिक कार्यसम्पादनमा दुई, भौतिक पूर्वाधारमा एक, सामाजिक समावेशीकरणमा ३.७५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ४.२५ र सहकार्य तथा समन्वयमा एक अङ्क गरी ५७ अङ्क पाएको छ। स्वमूल्याङ्कनमा लमजुङको दुधपोखरी गाउँपालिकाले प्राप्त गरेको कुनै पनि अङ्कहरू प्रविष्ट नगरेको देखिएको छ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ मा स्वमूल्याङ्कन गरिने समयावधि प्रत्येक आर्थिक वर्षको पौष मसान्तभित्र सम्पन्न गरिसक्नु पर्ने उल्लेख छ।
स्वमूल्याङ्कन गर्दा अघिल्लो आर्थिक वर्षको अन्त्य सम्मका तथ्याङ्कलाई आधार मानी सबै सूचकको अङ्क गणना गर्नुपर्ने व्यवस्था छ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline