चैत २३,पोखरा – काठमाण्डौबाट हिजो बेलुका पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले रुपन्देही लगेको छ । प्रहरीले लामिछानेलाई भैरहवा विमानस्थलबाट सीधै जिल्ला प्रहरी कार्यालय रुपन्देही पुर्याइएको हो ।
सहकारी ठगीसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले हिजो थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई आज बिहान भैरहवा लगेको हो । आज शनिवार र भोलि आइतवार सार्वजनिक बिदा छ ।
त्यसैले लामिछानेलाई दुई दिन जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राख्ने प्रहरी उपरीक्षक (एसपी) रञ्जितसिंह राठौरले जानकारी दिनुभयो । पर्सि सोमवार अदालतमा उपस्थित गराउने र त्यसपछि कारागार चलान गरिनेछ ।