बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला

कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला

by sambridhaonline

चैत २३,पोखरा – हिमपहिरोमा परेर हराइरहेका चिनियाँ नागरिकको शव १२ दिनपछि फेला परेको छ ।

गत चैत ११ गते अन्दाजी १२: ३० बजे कास्कीको अन्नपूर्ण गाउँपालिका–११ देउराली स्थित चुमरूङमा हिमपहिरो आएको थियो ।

अन्नपूर्ण बेस क्याम्पबाट घान्द्रुकतर्फ आउँदै गरेका २८ वर्षीय ई चेङ वुआन सम्पर्कविहीन बनेका थिए । तत्काल स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले खोजी गर्दा उनलाई फेला पार्न सकिएको थिएन ।

त्यसपछि कालिका गणबाट चैत १६ गते सहायक प्रहरी निरीक्षक विश्वराज त्रिपाठीको कमाण्डमा विशेष विपद् उद्धार टोली खोजी कार्यको लागि उक्त इलाका तर्फ खटिएको थियो ।

टोलीले निरन्तर रूपमा खोजी कार्य गर्दा शनिबार अन्नपूर्ण गाउँपालिका-११ देउराली, चुमरूङस्थित मादि नदी किनारबाट २० मिटर उत्तरतर्फ झोला बोकी घोप्टो परेको अवस्थामा शव फेला पारेको थियो ।

उक्त शवलाई पूर्वान्ह ११ः २० बजे घटनास्थलबाट बाहिर निकालेको गणका गणपति एसपी सूर्यप्रसाद तिमिल्सेनाले जानकारी दिनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline