बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पोखराको वायु प्रदूषण रेड जोनमा, एक्यूआई १५० भन्दा माथि, हवाई उडान ठप्प

पोखराको वायु प्रदूषण रेड जोनमा, एक्यूआई १५० भन्दा माथि, हवाई उडान ठप्प

by sambridhaonline

चैत २६,पोखरा- दैनिक ३२ उडान हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एउटा पनि उडान भएन । अघिल्लो दिन आइतबार मुस्किलले आधाआधी उडान भएका थिए । यसबाहेक सामान्य समयमा पुरानो विमानस्थलमा १० वटा नियमित उडान हुन्छ भने दर्जनौँ पटक हेलिकोप्टर उडान हुन्छ ।

मंगलबारको सेड्युल पनि ठप्प छ । छेन्दुबाट पोखरामा हुने सिचुआन एयरलाइन्सको चार्टर उडान बुधबारका लागि सरेको छ । बुधबार पनि उडान हुने ग्यारेन्टी छैन । मौसम खराबीका कारण विमानस्थलको तालिका बिग्रिएको हो ।‘मौसम खराब छ । भिजिबिलिटी नै छैन’, विमानस्थलका प्रबन्धक योगेन्द्र कुँवरले ढोरपाटनसंग भने, ‘आज पनि फ्लाइट सेड्युल ठप्प छ ।’ आजभोलि बिहानको फ्लाइट लगभग स्थगित भएका छन् । जसले गर्दा यात्रुहरू दिनभरि विमानस्थल कुरेर फर्किन बाध्य छन् ।

पोखरामा विमान सुरक्षित उडानका लागि २७ सय र अवतरणका लागि सामान्यतः ३ हजार मिटर भन्दा बढी भिजिबिलिटी आवश्यक पर्छ । तर, हाल दिनभर बाक्लो तुवाँलोले गर्दा भिजिबिलिटी २ हजार भन्दा कम हुन थालेको छ । विमानस्थलका अनुसार कहिलेकाहीँ १ किलोमिटर भन्दा पनि कम हुन्छ ।

‘उडान नहुनुको एक मात्र कारण भिजिबिलिटी हो । केही दिनयता पोखराको भिजिबिलिटी हजार बाह्र सय मिटर छ’, उनले भनिन्, ‘यति कम भिजिबिलिटीमा उडाउन सकिँदैन ।’ उनका अनुसार केही दिन यता पोखराको आकाशमा धुवाँ र धुलोको मात्रा अत्यधिक देखिएको छ ।

अहिले पोखराको वायु गुणस्तर सूचकाङ्क रेड जोनमा पुगेको छ । मंगलबार बिहानैदेखि एक्यूआई १५० भन्दा माथि छ । यो चिन्ताजनक तथ्यांक हो । एक्यूआई ५० सम्म हुनु राम्रो मानिन्छ । ५० देखि १ सयसम्मलाई मध्यम मानिन्छ । एक्वुआई १ सय ५० सम्म पुग्दा संवेदनशील ठानिन्छ भने २०० सम्म पुगे अस्वस्थ हुन्छ । एक्वुआई ३०० पुग्नु जोखिमपूर्ण हो भने त्यसभन्दा माथि पुगेपछि घातक हुन्छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline