सोमवार, अशोज ५, २०८३
Monday, September 21, 2026
Home Featured News काठमाण्डौसहित विभिन्न ठाउँमा वर्षाको सम्भावना, वायु प्रदूषण घटाउन सक्ने

काठमाण्डौसहित विभिन्न ठाउँमा वर्षाको सम्भावना, वायु प्रदूषण घटाउन सक्ने

by sambridhaonline

चैत २७,पोखरा – आज काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

अहिले देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको र बंगालको खाडीबाट जलवाष्पयुक्त हावासमेत भित्रिएकाले पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले झापा, सुनसरी, सिराहा, धनकुटा लागयतका जिल्लामा पानी परी रहेको र दिउँसोपछि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिनुभयो ।

काठमाण्डौमा आज दिउँसो पनि पानी पर्ने सम्भावना छ भने आज भन्दा भोलि केही ठूलो पानी पर्ने सम्भावना छ । बंगालको खाडीबाट जलवाष्पयुक्त हावा शुक्रवार दिउँसोसम्म रहने मौसमविद्को अनुमान् छ ।

यसैबीच काठमाण्डौमो हावा आज पनि अस्वस्थ अवस्थामा रहेको छ । हावाको गुणस्तर मापन सूचक एक्यूआई एक सय ५० भन्दा माथि गएमा सबैका लागि अस्वस्थ हुनेमा अहिले काठमाण्डौको एक्यूआई एक सय ९० भन्दा माथि छ । काठमाण्डौ आज पनि विश्वका प्रदूषित शहरको सूचीमा पहिलो स्थानमै छ ।

आज दिउँसोपछि पर्ने पानी र भोलि पर्ने केही ठूलो पानीले काठमाण्डौको वायु प्रदूषण उल्लेख्य रुपमा घटाउने सम्भावना रहेको मौसमविद् उज्जवल उपाध्यायले बताउनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline