बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News आन्दोलनरत शिक्षक अहिलेकै अवस्थामा सरकारसँग वार्तामा नजाने

आन्दोलनरत शिक्षक अहिलेकै अवस्थामा सरकारसँग वार्तामा नजाने

by sambridhaonline

चैत २७,पोखरा – आन्दोलनरत शिक्षक महासङ्घले अहिलेकै अवस्थामा सरकारसँग वार्तामा जान नसक्ने बताएको छ ।

महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य नभएको उल्लेख छ ।

शिक्षक–कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै आम शैक्षिक हड्ताल आह्वान गरेर काठमाण्डौ केन्द्रित आन्दोलन जारी राखेका शिक्षकहरूलाई हिजो शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्तिमार्फत वार्तामा बोलाएको थियो ।

महासङ्घले पनि विज्ञप्तिबाटै जवाफ दिएको हो । चैत २० गते काठमाण्डौ केन्द्रित आन्दोलन शुरू भए पनि सरकारले शिक्षकलाई वार्तामा बोलाएको तेस्रो पटक हो ।

महासङ्घले वार्तामा बस्नुअघि संसद्को वर्षे अधिवेशन तत्कालै शुरू गर्न, विशेष अधिवेशन आह्वान गर्न वा अध्यादेशमार्फत् शिक्षा ऐन जारी गर्नुपर्ने शर्त राखेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline