बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News देशका विभिन्न ठाउँमा चट्याङ लागेर तीन जनाको ज्यान गयो, सात जना घाइते

देशका विभिन्न ठाउँमा चट्याङ लागेर तीन जनाको ज्यान गयो, सात जना घाइते

by sambridhaonline

चैत २८,पोखरा – देशका विभिन्न ठाउँमा चट्याङ लागेर तीन जनाको ज्यान गएको छ । सात जना घाइते भएका छन् । चट्याङ लागेर डोटी, बझाङ र रोल्पामा एक/एक जनाको ज्यान गएको हो ।

गएराति डोटीमा हावाहुरी, असिनापानीसँगै परेको चट्याङ लागेर सायल गाउँपालिका–६ दल्लेखकी ३३ वर्षीया कमला नागरीको ज्यान गएको हो । चट्याङ लागेर मृतक नागरीका छोराछोरीसहित ७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद शर्माले बताउनुभयो ।

यस्तै बझाङको वित्थडचिर गाउँपालिका–३ मा पानीसँगै आएको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिनुभयो ।

चट्याङ लागेर लुम्बिनी प्रदेशको रोल्पा नगरपालिका १० कुटिबाङ घर भई रोल्पाकै सुनिलस्मृति गाउँपालिकामा आफन्तको घरमा बस्ने १५ वर्षीया किशोरीको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै हिजो झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर घरमै खाना खाइरहेका ५४ वर्षीय दूधकुमार लावतीको घटनास्थलमै ज्यान गएको थियो ।

अहिले प्रिमनसुनको बेला चट्याङका दृष्टिले निकै जोखिमपूर्ण मानिन्छ । चैत १५ गतेदेखि असार मसान्तसम्म नेपालमा चट्याङको बढी जोखिम हुने गर्छ ।

त्यसैले यो समयमा उच्च सतर्कता अपनाउनुपर्ने विज्ञहरूले सुझाव दिने गरेका छन् । चट्याङ परेका बेला फोन, कम्प्युटर, रेडियो, टेलिभिजनजस्ता विद्युतीय सामग्री नचलाउने, विद्युतीय तरङ्ग टिप्न सक्ने फलाम, चिसो वस्तु छुन नहुने र नयाँ भवन निर्माणमा बिजुलीको राम्रोसँग अर्थिङ गर्नुपर्ने विज्ञको भनाइ् छ ।

यस्तै बिजुली चम्केको समयमा सकेसम्म घरभित्रै झ्यालढोका बन्द गरेर सुक्खा ठाउँमा बस्ने, खुला ठाउँमा भए कुनै घर अथवा भवनमा छिर्ने गरेमा पनि चट्याङबाट बच्न सकिन्छ । यस्तै अग्लो पहाड, ढिस्को र रूखमुनि तथा जमिनमा भने बस्न नहुने विज्ञको सुझाव छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline