बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News आलु महोत्सवमा बढ्दो दर्शक सहभागिता

आलु महोत्सवमा बढ्दो दर्शक सहभागिता

by sambridhaonline

चैत २८,पोखरा- १३ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन दर्शक सहभागिता बढ्दै गएको छ ।महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता पनि बढ्दै गएको हो।

महोत्सवको चौथो दिन हिजो बुधबार मात्रै १० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । जुन महोत्सवका अन्य दिनको तुलनामा बढी हो । हालसम्म ३५ हजार बढी दर्शकले महोत्सव अवलोकन गरिसकेको मूल आयोजक समितिका महासचिव हिक्मत थापा जानकारी दिए।

महोत्सव अवलोकन गर्नकै लागि हेमजा लगायत पोखरा महानगरपालिका, अन्नपूर्ण तथा माछापुच्छ«े गाउँपालिका साथै छिमेकी जिल्लाबाट समेत मानिसहरु महोत्सव स्थल पुगेका छन् । महोत्सव प्रवेशका लागि साधारण ८० तथा विद्यार्थीका लागि ५० रुपैयाँमा टिकट व्यवस्था गरिएको छ ।जसअनुसार दर्शक सहभागिता बढ्दै जाँदा आयोजक समेत हैसिएको छ।कृषि उपजमा नाममा भएको महोत्सव आफैमा महत्वपूर्ण भएकाले परिवार सहित अवलोकन गर्न आएको बुधबार महोत्सव स्थलमा भेटिएकी तनहुँ दुलेगौँडाकी सोममाया तामाङले बताइन् । त्यसका साथै आलु लगायत अन्य स्टलवाट सामग्रीको बिक्रीवितरण हुने क्रम समेत हवातै बढेको छ ।बुधबारसम्मका ७ सय २० घरपरिवार मानिसले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।

स्याङजा, चितवन, तनहुँ, पर्वत, मुस्ताङ, बाग्लुङ, सुनसरी लगायतका जिल्लाबाट समेत मानिस महोत्सवमा आई आलु किनी लगेको र हालसम्म न्यूनत्तम १० तथा अधिकत्तम १ सय ५० केजीसम्म प्रति परिवारले आलु खरिद गरेको संयोजक तिम्सिनाले बताए ।महोत्सवको चौथो दिन बुधबारसम्म करिव साढे ७ लाखको आलु कारोवार भएकोका प्रतिकेजी रु.४२ मा आलु बिक्री गरिएको छ । महोत्सव अन्तर्गत बुधबार कलाकारहरु ज्योति मगर, जीवन दाहाल, रामजी पौडेल, तुलसा क्षत्री, सुमन खड्का, परशुराम अधिकारी, दुर्गा क्षत्री तथा हास्य कलाकारहरु युवराज भण्डारी र राजेन्द्र नेपालीका प्रस्तुतिहरु रहे । बिहीबार एलिना चौहान, जीवन दाहाल, रेशम निर्दोष, सरस्वती लामिछाने, इन्द्रा गुरुङ, परशुराम अधिकारी, सुभद्रा श्रेष्ठ, नवराज अधिकारीका प्रस्तुतिहरु रहने आयोजकले जनाइएको छ ।

त्यस्तै महोत्सवमा मंगलबारदेखि रत्यौली गीत प्रतियोगिता पनि सुरु भएको छ । रत्यौलीतर्फ बुधबार तिन समूह शान्ति आमा समूह, सिर्जनशील आमा समूह र जनकल्याण आमा समूहका प्रस्तुति रहे । त्यस्तै बालकलाकार सम्पदा जिसी र स्नो भ्यू बोडिङ स्कूलले पनि आफ्नो प्रस्तुति राख्यो । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्।

त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि छन्।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline